Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

८ महिनामा भित्रिर्‍यो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि

८ महिनामा भित्रिर्‍यो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

 काठमाडाैं । चालु आव २०८१–८२ को ८ महिनामा १० खर्ब ५१ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११  खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय  १ खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,१७,०६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,१७,४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,८५,३५२ र १,८२,७८३ रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit