Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कस्तो छ अर्थतन्त्रको पछिल्लो अबस्था ?

कस्तो छ अर्थतन्त्रको पछिल्लो अबस्था ?
विज्ञापन
Advertisement

 काठमाडाैं । पछिल्लो समय अर्थतन्त्रको सूचकहरु सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको सार्वजनिक तथ्यांकमा यस्तो देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आव २०८१–८२ को ८ महिनामा १० खर्ब ५१ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९।४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,१७,०६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,१७,४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,८५,३५२ र १,८२,७८३ रहेको थियो ।

त्यस्तै, नेपालबाट हुने कुल वस्तु निर्यात ५७।२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबार पुगेको छ । उक्त तथ्यांकले नेपालबाट हुने वस्तु निर्यातमा उल्लेख्य सुधार आएको देखाउँछ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारतमा ८२.५ प्रतिशत, चीनमा ८.८ प्रतिशत र अन्य देशतर्फको निर्यात २.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, जिंक शिट, पाम तेल,अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात भने पछिल्लो तथ्यांकमा घटेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि हुँदा ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। बैंकको तथ्यांक अनुसार आठ महिनामा सबैभन्दा धेरै भारतबाट १२.५ प्रतिशत, चीनबाट ७।९ प्रतिशत र अन्य मुलुकबाट २०.६ प्रतिशतले वस्तु आयातमा वृद्धि भएको छ ।

नेपालमा भटमासको कच्चा तेल, चामल, धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेललगायतका वस्तुको आयात बढ्दा पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात केही घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६।२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको यस्तो घाटा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात बढेर १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit