Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

वस्तु निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ९ खर्ब ८७ अर्ब पुग्यो

वस्तु निर्यात ५७ प्रतिशतले बढ्दा व्यापार घाटा ९ खर्ब ८७ अर्ब पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अवधिमा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबार पुगेको छ । उक्त तथ्यांकले नेपालबाट हुने वस्तु निर्यातमा उल्लेख्य सुधार आएको देखाउँछ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारतमा ८२.५ प्रतिशत, चीनमा ८.८ प्रतिशत र अन्य देशतर्फको निर्यात २.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । वस्तुगत आधारमा भटमासकोतेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, जिंक शिट, पाम तेल,अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात भने पछिल्लो तथ्यांकमा घटेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि हुँदा ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। बैंकको तथ्यांक अनुसार आठ महिनामा सबैभन्दा धेरै भारतबाट १२.५ प्रतिशत, चीनबाट ७.९ प्रतिशत र अन्य मुलुकबाट २०.६ प्रतिशतले वस्तु आयातमा वृद्धि भएको छ ।

नेपालमा भटमासको कच्चा तेल, चामल, धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेललगायतका वस्तुको आयात बढ्दा पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात केही घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको यस्तो घाटा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात बढेर १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit