images
images
images

नेपालको लगातार दोस्रो जित

images
images

काठमाडौं ।  हङकङमा जारी चार देश सम्मिलित टी –२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । ओपनर कुशल भुर्तेलको ८१ रनको शाननदार प्रदर्शनसँगै नेपालले कुवेतविरुद्ध सहज जित निकालेको हो ।

मिसन रोड मैदानमा कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

images
images

कुवेतविरुद्धको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए।
३८ बलको सामना गरेका आसिफले २ चौका र ४ छक्कासहित ५३ रन जोडे। यस्तै, ५० बल खेलेका कुशल भुर्तेलले सर्वाधिक ८१ रन जोडे । उनले समान ६–६ चौका र छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले १८ औं ओभरमा आक्रामक इनिङ खेल्दै १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए। यसैगरी गुलशन झाले ९ रन र कप्तान रोहित पौडेलले नटआउट ४ रन जोडे।

टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो। कुवेतका लागि ओपनर रविजा सान्दारुवानले २६
अर्का ओपनर क्लिन्टो एन्टोले ४१ रन बनाएका थिए । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मितले ३५ रन बनाए । यस्तै, बिलाल ताहिरले ३२ रन जोडे ।

नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले समान १–१ विकेट लिए। यसअघि नेपालले बुधबार सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। नेपालको लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्