Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘एलओडी’ क्लब विश्वकै ४४ औं उत्कृष्ट क्लबको सूचीमा

‘एलओडी’ क्लब विश्वकै ४४ औं उत्कृष्ट क्लबको सूचीमा
विज्ञापन
Advertisement

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ (नाइट क्लब) फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४४ औं स्थानमा परेको छ।

विज्ञापन
Advertisement
Advertisement

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

एलओडी डिजे म्याग टप सयको सूचीमा ४४ औं स्थानमा पर्न सफल भएसँगै त्यो गर्वको विषय भएको क्लबका निर्देशक भुपेन कुँवरले बताए।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ औं स्थानमा एलओडी छनोट भएसँगै नेपालको नाम पनि जोडिएको छ।’ सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबैको साथ सहयोग रहेको बताउँदै कुँवरले विदेशी पर्यटकहरूलाई यस क्लबले आकर्षण गर्न सक्ने बताए।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit