Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सम्पन्न साधारण सभाले संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरेको जनाएको छ। सोही अवसरमा नेसनल प्याब्सन बागमती प्रदेश समिति, काठमाडौं जिल्ला समिति तथा काठमाडौं महानगर समितिलाई पूर्णता दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमाल, विशेष अतिथि सूर्यबहादुर अधिकारी तथा अतिथिहरू बिक्रम ढुकुछु, तेन्जिङ भुटिया, नारायण कार्की, पुण्यराम कवान, सुदीप काफ्ले, नीलमणि भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठनको वर्तमान गतिविधि र आगामी दिशा सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए।

उक्त सभा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit