Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा विभिन्न सुविधासहित १० प्रतिशतसम्म छुट हुने

एनआईसी एशिया बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा विभिन्न सुविधासहित १० प्रतिशतसम्म छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो अस्पताल) बीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश राजलक्ष्मी र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले अपोलो अस्पतालमा इन–पेशेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेकअप प्याकेज तथा एटेन्डेन्ट हेल्थ चेकअप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै, आउट–पेशेन्ट जाँच सेवामा ५ प्रतिशत छुट उपलब्ध हुने, ग्राहकहरूलाई दर्ता शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँच लगायतका अतिरिक्त सुविधा पनि पाउनेछन्।

उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यस सहकार्यमार्फत बैंकका ग्राहकहरूले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit