Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनसेलले गरायो आइएसओ र पिआईएमएस मान्यता नविकरण

एनसेलले गरायो आइएसओ र पिआईएमएस मान्यता नविकरण
विज्ञापन
Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ २७००१ः२०२२ (आईएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआईएमएस) को मान्यता नविकरण गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस नविकरणसँगै एनसेलले ग्राहकको सूचना सुरक्षा र डेटा गोपनीयतामा आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको जनाएको छ । गत वर्ष यी दुवै मान्यता प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो । मान्यता नविकरणले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ग्राहकको व्यक्तिगत तथा संवेदनशील जानकारी सुरक्षित राख्दै आएको पुष्टि गर्दछ ।

नविकरण प्रक्रियाअन्तर्गत आइएसओद्वारा तोकिएको स्वतन्त्र निकायमार्फत सर्भेलेन्स अडिट गरिएको थियो। अडिटका क्रममा एनसेलका सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओ मापदण्डअनुसार पूर्ण रूपमा कार्यान्वयनमा रहेको पुष्टि भएको छ। यी मान्यताहरू आगामी एक वर्षसम्म मान्य रहनेछन् । नविकरण भएका मान्यताहरूको दायराभित्र ग्राहक डेटा सेन्टर, ग्राहक सेवा तथा आईटी सर्भिसेज रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्न उच्चतम अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाएको जनाउँदछ ।

आइएसओ २७००१ मान्यताले एनसेलले ग्राहक तथा साझेदारका डाटालाई साइबर आक्रमण, सूचना चुहावट तथा अनधिकृत पहुँचबाट जोगाउन प्रभावकारी सुरक्षा उपायहरू कार्यान्वयन गरेको सुनिश्चित गर्दछ । त्यसैगरी आइएसओ २७७०१ मान्यताले व्यक्तिगत डेटा सुरक्षा, उल्लंघनको जोखिम न्यूनीकरण तथा गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको पालना भएको प्रमाणित गर्दछ ।

यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूलाई आफ्ना व्यक्तिगत र संवेदनशील जानकारी एनसेलमा सुरक्षित रहेको भरोसा दिलाउनुका साथै कम्पनीको पारदर्शिता, जवाफदेहिता र डेटा सुरक्षालाई व्यवसायको केन्द्रमा राखिएको सन्देश दिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit