Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए सबै मन्त्री र सचिव

बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए सबै मन्त्री र सचिव
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा भर्चुअल माध्यमबाट आज सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु का अवसरमा सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
विज्ञापन
Advertisement

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे छलफल गर्न लागेका छन् । नयाँ आर्थिक वर्षको बजेट तयारीबारे
मन्त्री र सचिवसँग छलफल गर्न प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजेलाई बैठक डाकेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयले बजेट लेखनको काम यसअघि नै सुरु गरिसकेको छ। वर्षेनी ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन हुन नसक्दा बीचमा संशोधन मार्फत घटाउने गरिएको नेपालको बजेट संशोधन प्रणालीका कारण शिथिल अर्थतन्त्रले गति लिन सकेको देखिँदैन।

यही बीचमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग एकसाथ परामर्श गर्न सिंहदरबारमा बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रालयहरुले आगामी बजेटको बारेमा सरोकारवाला निकायसँग लगातार छलफल गरि राय सुझाव लिइराखेका छन् । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्ने कामका लागि बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरिसकेको छ।

सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्।

बजेट ल्याउने मिति नजिकिदै गर्दा अहिले मन्त्रालयहरू बजेट सिलिङको तयारीमा छन् । प्रधानमन्त्री ओलीले त्यसबारे पनि जानकारी लिँदै आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न लागेका हुन्। सरकारलाई हरेक जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit