Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

‘अब वैदेशिक ऋण अनुदान पहिला भन्दा कम आउनेछ’

‘अब वैदेशिक ऋण अनुदान पहिला भन्दा कम आउनेछ’
विज्ञापन
Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट नेपालमा आउने अनुदान संकुचित हुँदै गएको बताएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरबाट नेपाल आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने बताएकी हुन् ।

‘अधिकतम विकास, विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्नेछ । द्रुत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ । अब वैदेशिक ऋण अनुदान पहिला भन्दा कम आउनेछ’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

यस्तै, परराष्ट्रमन्त्री राणाले आर्थिक विकास र प्रगतिको आकाङ्क्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको उल्लेख गरिन ।
स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको भनाइ उनको छ ।

“आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो”, मन्त्री राणाले भनिन् । उनले सरकार गठनपश्चात निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गरिन् ।

आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवदेनशील भएर अघि बढिरहेको उनको भनाइ छ ।

पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरुरी नरहेको भन्दै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जानसक्नुपर्ने धारणा राखिन् । ‘यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ । असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit