Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘ग्रीन ट्याक्सोनोमी’ र ‘क्लाइमेट फाइनान्सिङ’ बारे अध्ययन गर्न इप्पान र पायोनियर लबीच सम्झौता

‘ग्रीन ट्याक्सोनोमी’ र ‘क्लाइमेट फाइनान्सिङ’ बारे अध्ययन गर्न इप्पान र पायोनियर लबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र पायोनियर ल एसोसिएट्स (पीएलए) बीच जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार इप्पान सचिवालय कमलादीमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर ल का सञ्चालक अनुपराज उप्रेतीले एमओयूमा हस्ताक्षर गरी समझदारीपत्र आदान प्रदान गरेका छन् ।

सम्झौताअनुसार पायोनियरले मुख्यतया ३ वटा विषयमा केन्द्रित रहेर अध्ययन गर्ने छ । जलविद्युत आयोजना विषेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी गाइडलाइन्स निर्माणबारे अध्ययन गर्ने, नेपालको हाइड्रोपावर क्षेत्रलाई सहयोग पुग्ने ग्रीन ट्रान्जिसनका लागि वकालत गर्ने र नेपालको जलविद्युत आयोजनाको क्षमता वृद्धिका लागि क्लाइमेट, ग्रीन र इनर्जी फाइनान्सिङका अवसरहरुबारे अध्ययन गर्ने छ ।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने मार्गचित्र अघि सारेपछि त्यसका लागि आवश्यक पुँजी ग्रीन फाइनान्सिङका माध्यमबाट पनि ल्याउन सकिने देखिएकाले इप्पानले त्यसका लागि अध्ययन अघि बढाएको हो । अध्ययनले सरकारलाई पनि ग्रीन फाइनान्सिङ सम्बन्धी नीति निर्माणका लागि सहयोग पुर्‍याउने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देश विकासका लागि कृषि, ऊर्जा र पर्यटन प्रमुख क्षेत्र भएपनि ऊर्जाबाट अरुभन्दा छिटो नतिजा ल्याउन सकिन्छ भन्ने कुरा सरकारले महसुस गरेको उल्लेख गरे । निजी क्षेत्रले ऊर्जाबाट देशलाई समृद्ध बनाउने विषयमा विभिन्न अध्ययनहरु अघि बढाएकोमा ग्रीन ट्याक्सोनोमी सम्बन्धी अध्ययन त्यसैको एउटा पाटो भएको धारणा डाँगीको छ ।

पायोनियरका सञ्चालक अनुपराज उप्रेतीले इप्पानसँग मिलेर ग्रिन ट्याक्सोनोमीसम्बन्धी अध्ययन गर्न पाउँदा उत्साहित भएको बताए । उनले विद्युत विधेयकका बारेमा पनि यसअघि अध्ययन गरिसकेकोले ऊर्जा क्षेत्रको यो अध्ययनलाई लिएर उत्साहि रहेको बताए ।

यस अध्ययनले नेपालका जलविद्युत आयोजनाहरुलाई कस्तो मोडेलको ग्रीन ट्याक्सोनोमी आवश्यक छ भन्ने विषयमा विश्वका उत्कृष्ट मोडलहरुको अध्ययन गरी नेपाली माटो सुहाउँदो मोडल सिफारिस गर्ने छ । यसैगरी अध्ययनले कार्बन ट्रेडिङका मुद्दाहरुबारे पनि अध्ययन गरी निजी क्षेत्रका जलविद्युत आयोजना र सरकारबीच पुलको काम गर्ने निकाय र आवश्यक नीतिबारे खोज गरिने इप्पानले जनाएको छ ।

अध्ययनलाई सफल बनाउन पायोनियरबाट ४ र इप्पानबाट ३ जना सदस्य रहने संयुक्त कार्यसमिति गठन गरिने छ । उक्त कमिटिले आगामी अगस्ट २०२५ (भदौ, २०८२) भित्र अध्ययन रिपोर्ट तयार पारी इप्पानलाई हस्तान्तरण गर्ने छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा, कार्यसमिति सदस्य टीएन आचार्य, सुमन जोशी, प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए भने पायोनियरका तर्फबाट सञ्चालक अनुपराज उप्रेती,आर्या अर्याल लगायत सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit