Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

दराजले फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला गर्यो दक्षिण एशियाली युवाहरूका लागि नेतृत्व विकासको अवसर

दराजले फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला गर्यो दक्षिण एशियाली युवाहरूका लागि नेतृत्व विकासको अवसर
विज्ञापन
Advertisement

काठमाडौं। दक्षिण एशियामा ई–कमर्श उद्योगको अग्रणी कम्पनी दराजले दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ। नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो कार्यक्रम युवा प्रतिभाहरूलाई डिजिटल उद्योगमा नेतृत्वदायी भूमिकामा सक्षम बनाउने उद्देश्यले तयार गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

१५ महिनाको संरचित र घुम्ती प्रशिक्षण कार्यक्रमको रुपमा अगामी जुलाई २०२५ देखि सुरु हुने यस योजनामा सहभागीले दराजका विभिन्न विभागमा अनुभव प्राप्त गर्नेछन्। उनीहरूलाई स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने मौका दिइनेछ भने, वरिष्ठ नेतृत्वको प्रत्यक्ष मार्गदर्शन पनि प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।

डीएफएलपी २०२५ हालै एक वर्षभित्र स्नातक गरेका, विश्लेषणात्मक क्षमतामा अब्बल, नेतृत्व सम्भावना बोकेको, संवाद कौशल सम्पन्न तथा वातावरणसँग छिटो अनुकुल हुने युवाका लागि लक्षित गरिएको छ। आवेदन ८ वैशाखदेखि खुला भई १४ दिनसम्म दराजको करियर पृष्ठमार्फत अनलाइन दिन सकिनेछ।

कम्पनीका अनुसार विभिन्न चरणको छनोट प्रक्रियाबाट योग्य उम्मेदवारहरूको छनोट गरिनेछ, जसलाई द्रुत गतिमा परिवर्तन भइरहने प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्गदर्शन तथा व्यवहारिक अनुभव प्रदान गरिनेछ। कार्यक्रम सफलतापूर्वक पूरा गर्ने सहभागीलाई दराजमा नेतृत्वदायी भूमिका र दीर्घकालीन करियरको अवसर प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शनकर्तालाई उचित पारिश्रमिक र पुरस्कारबाट समेत सम्मान गरिने बताइएको छ।

नेपालबाट डीएफएलपी पूर्व सहभागी स्वाति कर्णले भनेकी छन्, ‘दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो। व्यवसायका विविध पक्षहरू बुझ्न, रणनीतिक सोच विकास गर्न र समन्वयमा काम गर्न कार्यक्रमले ठूलो मद्दत गर्यो।

दराजले यस कार्यक्रममार्फत दक्षिण एशियामा डिजिटल रूपान्तरणको आफ्नो प्रतिबद्धता दोहो¥याएको छ। कम्पनीले सम्भावना भएका युवालाई सक्षम बनाउँदै नवप्रवर्तन र डिजिटल अर्थतन्त्रमा योगदान दिने लक्ष्य राखेको जनाएको छ। थप जानकारीका लागि इच्छुक उम्मेदवारहरूलाई दराजको करियर पृष्ठ अवलोकन गर्न कम्पनीले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit