Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाबाट बैंक तथा सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीब एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, बैंकको पूँजी संरचनाको अनुपातअनुसार सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको बैंकले जनाएको छ ।

त्यसअघि सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit