Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

९ महिनामा निर्यात ६५ प्रतिशतले बढ्दा पनि व्यापार घाटा १ खर्ब नाघ्यो

९ महिनामा निर्यात ६५ प्रतिशतले बढ्दा पनि व्यापार घाटा १ खर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८१ \८२ को ९ महिनासम्मको (श्रावणदेखि चैत) विदेशी व्यापार तथ्यांक अनुसार देशको निर्यात उल्लेख्यरूपमा वृद्धि भएको छ भने आयात पनि बढिरहेको देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कुल १ खर्ब ३० अर्ब ९५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब १६ अर्ब ७३ करोड रुपैयाँको तुलनामा १२.१८ प्रतिशतले वृद्धि भएको हो।

उता, निर्याततर्फ हेर्दा यो अवधिमा १८ अर्ब ८१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको ११ अर्ब ३९ करोड रुपैयाँको तुलनामा ६५.१६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यद्यपि निर्यातमा देखिएको उल्लेख्य वृद्धिसँगै पनि देशको व्यापार घाटा अझै पनि उच्च नै रहेको छ। चालु वर्षको पहिलो नौ महिनामा १ खर्ब १२ अर्ब १३ करोड रुपैयाँको व्यापार घाटा भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ५ अर्ब ३४ करोड रुपैयाँको तुलनामा ६.४५ प्रतिशतले वृद्धि हो।

कुल विदेशी व्यापार (आयात – निर्यात) चालु आर्थिक वर्षमा १६.८९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

आयातरनिर्यात अनुपातमा सुधार देखिएको छ। अघिल्लो वर्ष यो अनुपात १०.२४ थियो भने यस वर्ष ६.९६ मा झरेको छ, जसले निर्यातको तुलनामा आयातको निर्भरता केही घटेको देखाउँछ।

कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको ८.८९ प्रतिशत बाट बढेर १२.५७ प्रतिशत पुगेको छ। यता, आयातको हिस्सा भने ९१.११ प्रतिशत बाट घटेर ८७.४३ प्रतिशत मा झरेको छ। यद्यपि निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ, आयात अझै धेरै छ र व्यापार घाटा उच्च नै रहेको छ। दीर्घकालीन व्यापार सन्तुलन कायम गर्नका लागि निर्यातमुखी रणनीतिमा अझ ध्यान दिन आवश्यक देखिन्छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit