Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तीनदिनपछि शेयर बजारमा गिरावट,२७.०६ विन्दुमा नेप्से

तीनदिनपछि शेयर बजारमा गिरावट,२७.०६ विन्दुमा नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय त्रैमासिक रिर्पोट सन्तोषजनक नहुँदा यी समूहको सूचकमा भारी गिरावट आएको हो । यो दिन बैंक समूहको सूचक ०.७७ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको सूचक १ प्रतिशतले घटेको छ । त्यस्तै,फाइनान्स, माइक्रो फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन समूहको सूचक घटेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

धितोपत्र र ऋणपत्रगरी यो दिन २ करोड १३ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी,न्यादी ग्रुप पावर र बलेफी हाइड्रो पावर कम्पनीको शेयर मूल्य ५ करोड ६६ लाख कित्ता शेयर किनबेच भएको छ ।

घटेको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,कर्पोरेट डेभलपमेन्ट बैंक, बोटलर नेपाल (बालाजु)को शेयर मूल्य ६.११ प्रतिशतदेखि ९.९९ प्रतिशतले बढेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit