Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिंहदरबारभित्रै सरकारविरुद्द नारा जुलुस गरेपछि राप्रपाका राजेन्द्र लिङदेनसहित नेपाल पक्राउ

सिंहदरबारभित्रै सरकारविरुद्द नारा जुलुस गरेपछि राप्रपाका राजेन्द्र लिङदेनसहित नेपाल पक्राउ
विज्ञापन
Advertisement

काठमाडाैं । सिंहदरबारभित्रै सरकारविरुद्द नारा जुलुस गरेपछि राप्रपाका राजेन्द्र लिङदेनसहित नेपाल पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हालेको थियो ।

उनले भने, ‘निरंकूश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’ प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो । राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit