Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘समिटर्स समिट’ मङ्गलबारदेखि, कतारकी राजकुमारी आस्मा अल थानी आउने

‘समिटर्स समिट’ मङ्गलबारदेखि, कतारकी राजकुमारी आस्मा अल थानी आउने
विज्ञापन
Advertisement

काठमाडौं ।  सोलुखुम्बुको थामेमा यही वैशाख ९ गतेदेखि ‘समिटर्स समिट’ हुँदै छ । जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलन नेपाल सरकारद्वारा आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार उक्त सम्मेलनमा सहभागी हुन सगरमाथा आरोही एवं कतारकी राजकुमारी आस्मा अल थानी, विश्व कीर्तिमानी सगरमाथा आरोहीहरु कामीरीता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्बाछिरी शेर्पालगायतको टोली थामे पुग्दैछ । उक्त सम्मेलनमा स्थानीयवासी तथा गत वर्ष थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावित समेत सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल हुनेछ । वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो । यस्तै सहआयोजक संस्थामा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सनलगायत छन् ।

‘हिमाल, जलवायु परिवर्तन र मानवताको भविष्य’ नारासहित सरकारले गर्न लागेको ‘सगरमाथा संवाद’मा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit