Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेप्सेमा सामान्य अंकको सुधार, ७ अर्ब माथिको कारोबार

नेप्सेमा सामान्य अंकको सुधार, ७ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.०८ अंकले घटेर २ हजार ६५८.०२ विन्दुमा आइपुगेको छ । यो साता ४ दिनसम्म घटेको नेप्सेको अन्तिममा सामान्य अंकले बढेको हो। यतिबेला लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेका छन् । जसले बजार र शेयर कारोबारमा उत्तार चढाब आइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ९७ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन ८३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ ।

न्यादी ग्रुप पावर, वेन नेपाल लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ७.२० देखि ७.५६ प्रतिशतले बढेको छ। नेपाल हाइड्रो डेप्लोपर्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र कुथेली बुखरी स्मेल हाइड्रो पावर कम्पनीको ३.६६ प्रतिशत घटेको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनी न्यादी ग्रुप पावर,राधि विद्युत कम्पनी, एनआरएन इन्फाष्ट्र एण्ड डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ४७ करोड रुपैयाँदेखि ७० करोड रुपैयाँदेखि ३४ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit