Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

खाद्य व्यवस्था कम्पनीद्वारा किसानसँग गहुँ खरिद सुरु

खाद्य व्यवस्था  कम्पनीद्वारा किसानसँग गहुँ खरिद सुरु
पाक्यो गहुँ सुनसरी, १० चैतः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानले लगाएकोे गहुँ पाकेर काट्ने अवस्थामा। यसवर्ष अत्यधिक किसानले गहुँ खेती छाडेर हिउँदे मकै लगाएकाले गहुँको उत्पादन ५० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ। तस्बिरः नवीन गड्तौला÷रासस
विज्ञापन
Advertisement

जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले प्रतिक्वीन्टल तीन हजार ८६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए ।

धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५०० क्वीन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट ५० क्वीन्टल तथा प्रतिसहकारी संस्थाबाट ५०० क्वीन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ । धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिश तथा गहुँ बिक्री गर्न गहुँलाई सफागरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ ।

सो कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ । ३२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्वीन्टल धान मात्र खरिद गरेको छ ।

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजीक्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्वीन्टल तीन हजार ५८० रुपैयाँका दरले धान खरिदगर्ने निर्देशन दिएपनि बजारमा करिव चार हजार रुपैयाँ प्रतिक्वीन्टलका दरले किसानले धान बिक्री गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit