Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ’

‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गरेका अध्यक्ष दाहालले बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भैरहेको बताए । तर, उनिहरुले त्यसबाट राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखेपछि अध्यक्ष दाहालले राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए । उनले भने, राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ।’

उक्त बैठकमा कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी तथा अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुँदा समस्या भएको बताएपछि दाहालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विकास बजेटमा क्षेत्रीय भेदभाव नगर्न अनुरोध गरे ।
‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ। तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु’ दाहालले भने ।

बैठकमा मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ । यस्तै, दाहालले निर्वाचन क्षेत्रका जनप्रतिनिधिलाई आफूले निर्वाचको समयमा गरेको वाचा स्मरण भएको उल्लेख गर्दै ती वाचा पूरा गर्न इमान्दार प्रयास गरिरहेको बताए । ‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारमा हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।’

अध्यक्ष दाहालले सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit