Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुदूरपश्चिममा लगानीको विशाल सम्भावनालाई स्थिति प्रतिवेदनले सही मूल्यांकन गरेर सुझव दिएको छ: अध्यक्ष ढकाल

सुदूरपश्चिममा लगानीको विशाल सम्भावनालाई स्थिति प्रतिवेदनले सही मूल्यांकन गरेर सुझव दिएको छ: अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१’ आज बुझ्दै उनले यस्तो बताएका हुन् । यो अवसरमा मुख्यमन्त्री शाहले महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई प्रदेश सरकार लगानी अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । उनले भने, ‘प्रदेश सरकार लगानी मैत्री वातावरण बनाउनतिर लागेको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्थिति पत्र हस्तान्तर गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रपसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताए । उनले नेपालमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए । महासंघले तयार पारेको स्थितिपत्र प्रदेशको आर्थिक वृद्धिका लागि मार्गदर्शन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ढकालले भने,‘ यति धेरै अवसरहरूको बीचमा, केही चुनौतीहरू पनि छन् जसलाई समाधान गर्न आवश्यक छ। पूर्वाधारको अभाव, विशेष गरी यातायात, प्रसारण लाइन र सिंचाइको क्षेत्रमा समस्या देखिन्छ।’

यस्तै उनले महासंघले तयार पारेको स्थितिपत्रले प्रदेशमा व्यवसायिक प्रक्रियाहरू जटिल रहेको, अनुमति–इजाजतको ढिलाइ, विदेशी र घरेलु लगानीका लागि स्पष्ट नीति र कार्यान्वयनको अभाव र उद्योगको लागि जग्गा र बिजुलीको स्थिर आपूर्तिको समस्या रहेको पाइएकाले त्यसलाई समाधान गर्नुपर्नेमा जोड दिए । ‘यस्ता चुनौतीहरूको समाधानका लागि स्थितिपत्रले व्यावहारिक सल्लाह र सुझावहरू प्रस्तुत गरेको छ। यसका आधारमा, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्य अत्यन्त महत्वपूर्ण छ। यस्तै साझेदारीमार्फत मात्रै सुदूरपश्चिमको समृद्धि सम्भव छ,’ अध्यक्ष ढकालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमलाई निजी लगानीको प्रमुख गन्तव्य बनाउने कार्यमा सदैव प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । उनले प्रदेशको समृद्धिका लागि नीति सुधार, कानूनी सरलिकरण र लगानी प्रवाहमा सुधार ल्याउन सबैको मिलेर काम गर्न जरुरी रहेको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit