images images images
images images images
images
images
images

धनीलाई कर छुट दिइरहेका ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस

images

काठमाडौं । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्प र उनका समर्थकहरूको आलोचना गरेकी छिन् ।

राष्ट्रपति ट्रम्सँग चुनावमा पराजित डेमोक्रेटकी ह्यारिसले समर्थकहरूलाई पछिल्ला तीन महिनामा देखिएको ‘अराजकता’ वास्तवमा कन्जरभेटिभहरूको लामो समयदेखि चाहेको योजनाको प्रतिफल भएको बताइन् । ह्यारिसले राष्ट्रपति ट्रम्पले अमेरिकालाई आफ्नै फाइदाका लागि प्रयोग गरिरहेको टिप्पणी गरिन् ।

images
images

‘वास्तवमा अहिले हामी जे देखिरहेका छौँ त्यो एक उच्च गतिको घटना हो, जहाँ दशकौँदेखि बनाइरहेको एजेन्डाको तीब्र कार्यान्वयनका लागि एउटा माध्यम प्रयोग भइरहेको छ ।

उनले बुधबार सान फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा ट्रम्पले सार्वजनिक शिक्षामा कटौती गर्ने एजेन्डा बनाएको र सबैभन्दा धनीलाई कर छुट दिइरहेको उल्लेख गर्दै ट्रम्पले शक्तिको दुरुपयोग गर्ने गरेको बताईन ।

‘सार्वजनिक शिक्षामा कटौती गर्ने एजेन्डा, सरकारलाई सङ्कुचित गर्ने र त्यसपछि यसका सेवाहरूको निजीकरण गर्ने एजेन्डा, सबैभन्दा धनीलाई कर छुट दिइरहेका छन्, अमेरिकाको एक साँघुरो, स्वार्थी दृष्टिकोण जहाँ उनीहरूले सत्य बोल्नेहरूलाई दण्डित गर्छन्, वफादारहरूलाई पक्षपात गर्छन्, आफ्नो शक्तिको दुरुपयोग गर्छन् र सबैलाई आफ्नै भरमा छाड्छन्’, ह्यारिसले भनिन् ।

ट्रम्पको दोस्रो कार्यकालमा बितेका एक सय दिन अदालतसँगको भिडन्तसहित लोकतान्त्रिक र संवैधानिक मापदण्डहरू लापरवाहीपूर्वक उल्लङ्घन गर्ने प्रतिशोधात्मक प्रशासन भएको भन्दै आलोचनाहरु भएका छन् ।

ट्रम्पका समर्थकहरूले भने उनको प्रशासनको कार्यको प्रशंसा गरेका छन् । तर, हालैका सर्वेक्षणले ट्रम्पको बारम्बार परिवर्तन हुने भन्सार शुल्कबाट सबै निराश हुँदै गएको देखाएको छ ।

डेमोक्रेटिक महिलाहरूलाई सार्वजनिक पदका लागि भर्ती र तालिम दिने राजनीतिक संस्था इमर्जद्वारा सञ्चालित कार्यक्रममा ह्यारिसले ट्रम्पले विपक्षीलाई डराउन चाहेकाले विश्वविद्यालयहरू र अदालतहरूलाई लक्षित गरिरहेको बताइन् । ‘राष्ट्रपति ट्रम्प, उहाँको प्रशासन र उहाँका सहयोगीहरूले डर सङ्क्रामक हुन सक्छ भन्ने धारणामा भरोसा गरिरहेका छन् । उनीहरू विश्वास गर्छन् कि, यदि उनीहरूले केही मानिसलाई डराउन सके भने, यसले अरूमाथि चिसो प्रभाव पार्नेछ ।’

उनले अमेरिकामा न्यायाधीशहरू, शिक्षाविद्हरू, राजनीतिज्ञहरू र साधारण मानिसहरूनै ट्रम्प सरकारको विरुद्ध उभिरहेको उल्लेख गर्दै ट्रम्प विरुद्ध आवाज उठाउनेलाई त्रार देखाएर चुप बनाउन नसक्ने टिप्पणी गरिन् । उनले भनिन्, ‘डर मात्र सङ्क्रामक कुरा होइन । साहस सङ्क्रामक हुन्छ । यी सबै अमेरिकीहरूको साहसले मलाई प्रेरणा दिन्छ ।’

images
images

प्रतिक्रिया दिनुहोस्