Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

करिब ४ करोड लागतमा दिउली खोलामा पुल निर्माण सुरु

करिब ४ करोड लागतमा दिउली खोलामा पुल निर्माण सुरु
विज्ञापन
Advertisement

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् । तीन पालिकाका करिब ४०० घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए ।

उनले भने, ‘पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ ।’ पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ । हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताए ।

उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो । पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । विसं २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो । यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit