Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक महोत्सव २०२५’ हुने

काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक महोत्सव २०२५’ हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो फिनटेक सम्बन्धी कार्यक्रम “युनियनपे नेपाल फिनटेक महोत्सव २०२५” आगामी वैशाख २५ गते काठमाडौंमा आयोजना हुने भएको छ। फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा तथा नेपाल क्लियरिङ हाउसको प्रमुख साझेदारीमा आयोजना हुने यो महोत्सवलाई नेपालको डिजिटल वित्तीय क्षेत्रको कोसेढुङ्गा मानिएको छ।

विज्ञापन
Advertisement
Advertisement

महोत्सवमा फिनटेक र बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तित्वहरूको सहभागिता रहनेछ। सिङ्गापुरस्थित विकास बैंक (डीबीएस बैंक) का पूर्व नवप्रवर्तन प्रमुख नील क्रस, भारतको कोटक महिन्द्रा बैंकका पूर्व डिजिटल प्रमुख दिपक शर्मा, ‘द डिजिटल फिफ्थ’ का प्रमुख कार्यकारी अधिकृत समीर सिंह जैनि र ल्युरा नेटवर्कका सीईओ राजेश देसाई महोत्सवमा विशेष वक्ताको रूपमा सहभागी हुनेछन्।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको विशेष आतिथ्य रहने कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू, नियामक निकायका प्रतिनिधिहरू, प्रविधि क्षेत्रमा क्रियाशील व्यवसायीहरू र शैक्षिक विज्ञहरूको समेत उल्लेखनीय उपस्थिति रहनेछ।

कार्यक्रममा फिनटेक क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनी, नयाँ उत्पादन तथा सेवाहरूको प्रस्तुति, कम्पनीहरूबीच सहकार्यका समझदारी आदानप्रदान, अन्तरक्रिया तथा नेटवर्क विस्तारका अवसरहरू प्रदान गरिने आयोजकले जनाएका छन्।

यस महोत्सवलाई विश्व फिनटेक संगठन, एशियाली फिनटेक संगठन, फिनटेक सम्मेलन परिषद्, अन्तर्राष्ट्रिय डिजिटल अर्थतन्त्र संघ, भारतीय वित्तीय मञ्च, तथा भुक्तानी सेवा प्रदायक संघ (PSP) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन प्राप्त छ।

नेपाल तथा दक्षिण एशियाली क्षेत्रमा डिजिटल वित्तीय समावेशीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सवले नेपालमा डिजिटल भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit