Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध नगरी काम गर्न मन्त्री दाहालको निर्देशन

निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध नगरी काम गर्न मन्त्री दाहालको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले सडक पूर्वाधार निर्माणसँगै विकासका सबै क्षेत्रलाई गति दिएको बताएका मन्त्री दाहालले देशभर विभिन्न स्थानका राजमार्गहरुमा निर्माण तथा स्तरोन्नतीका कार्य भैरहेको उल्लेख गरे । उनले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरि काम भैरहेको जानकारी दिए ।

आइतबार काठमाडौंको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा वर्षायाम शुरु हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माण गरिदिन मन्त्री दाहालसँग माग गरेका छन् । त्यस क्रममा उनले मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय गरि जनअपेक्षा पूरा गरिने बताए ।

अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवनस्तरमा समेत परिवर्तन ल्याईरहेको उनको धारणा छ । सडक सञ्जालको
यस्तै, विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामिण क्षेत्रमा स्वरोजगारी र उद्यमशिलताको विकास भईरहेको मन्त्री दाहालले बताए ।
सडक निरीक्षणमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit