Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान
विज्ञापन
Advertisement

काठमाडौं । इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

“युरोपेली सङ्घ गाजामा इजरायली सेनाद्वारा अपरेसनको योजनाबद्ध विस्तारमा चिन्तित छ, जसको परिणामस्वरूप प्यालेस्टिनी जनसङ्ख्याका लागि थप हताहत र पीडा हुनेछ । हामी इजरायललाई अत्यधिक संयम अपनाउन आग्रह गर्दछौँ”, युरोपेली आयोगका प्रवक्ता अनौर एल अनौनीले पत्रकार सम्मेलनमा भने ।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा पट्टीमा आफ्नो सैन्य आक्रमण विस्तार गर्ने योजनालाई आइतबार राति अनुमोदन गरेको छ । इयुले तत्काल मानवीय पहुँच र सहायताको वितरणका साथै गाजामा बिजुली र आवश्यक सेवाहरूको पुनःस्थापनाका लागि आह्वान गरिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit