Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना

अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना
विज्ञापन
Advertisement

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानामा अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना भेटिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराउँदा अधिकांशमा अम्लियपना भेटिएको हो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लियपना भेटिएको जनाएको छ । यस क्षत्रमा सुन्तलाखेती गरिँदै आएको छ ।

७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लियपना फेला परेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालले बताए । उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिए । जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष सात स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ । पाँच स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन् । स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो ।

प्रमुख सिल्वालले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमूना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएका मध्ये १७० नमूनामा अम्लियपना तथा १३ नमूनामा क्षारीय तत्व फेला परेको छ । त्यसैगरी १२६ नमूना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ ।

कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ किसानले ल्याएको माटोको नमूना परीक्षण गरेकामा २८ नमूनामा अम्लियपना र १५ मा तटस्थ देखिएको छ । बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमूना परीक्षण गरेकोमा १३ क्षारीय, १ अम्लियपना र ४४ तटस्थ देखिएको छ । ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमूना परीक्षण गरिएकामा ५१ माटोको नमूनामा अम्लियपना र २४ मा तटस्थ देखिएको छभने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमूना परीक्षण गरेकोमा २१ वटामा अम्लियपना र ३७ वटामा तटस्थ फेला परेको छ ।

“असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लियपना बढी भएको पाइएको छ”, केन्द्र प्रमुख सिलवालले भने, “क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ ।”

अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्दका अधिकृत जमुना भण्डारीले बताइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit