Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तरराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिए ।

सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागी रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit