Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

टर्कीको चार दशक लामो विद्रोह अन्त्य, एर्दोगानका लागि ठूलो जित

टर्कीको चार दशक लामो विद्रोह अन्त्य, एर्दोगानका लागि ठूलो जित
विज्ञापन
Advertisement

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको छ । उक्त घोषणासँगै टर्कीमा चार दशकयता चल्दै आएको घातक विद्रोहमा विराम लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन् १९७० को दशकको उत्तरार्द्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृंखला सुरु गरेको थियो । यस विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो ।

“१२औँ पिकेके कांग्रेसले पिकेकेको संगठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र संघर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ,” कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेको छ, तर सरकारले भने यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।

इस्तानबुलको इम्राली जेल टापुमा बन्दी अवस्थामा रहेका ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुलाई एक लेखेर निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि यो ऐतिहासिक घोषणा आएको हो । उनी सन् १९९९ देखि उक्त जेलमा बन्दी छन् ।

उनले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गरेका थिए । पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा उक्त सम्मेलन गरेको थियो ।

त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिसम्बन्धी ऐतिहासिक महत्त्वका निर्णय’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो । “यो अन्त्य होइन, यो नयाँ सुरुआत हो,” पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले प्रतिनिधिहरूलाई भने । एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागु गरियो र यसका सबै आयाममा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने दाबी गरे ।

“इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतंकमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो,” सेलिकले भने, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन एक महत्त्वपूर्ण मोड हुनेछ ।”

एर्दोगानका लागि ठूलो जित 

यो घोषणा अक्टोबरमा सुरु भएको लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु गर्न सात महिना लामो कामको परिणाम थियो जतिबेला अङ्काराले ओकलानलाई अप्रत्याशित मेलमिलापको प्रस्ताव गरेको थियो ।

“यदि पिकेकेले आफ्नो विघटनको घोषणा गर्छ र कुनै पनि बाधा बिना प्रक्रिया पूरा गर्छ भने, त्यो एर्दोगानका लागि ठूलो जित हुनेछ”, वासिङ्टनस्थित मिडल इस्ट इन्स्टिच्युटका गोनुल तोलले भनेका छन् । उनले एर्दोगानको एकेपीले मतपेटिकामा प्रहार गरेको केही महिनापछि कुर्दिशहरूसँग मेलमिलाप खोज्नु आन्तरिक राजनीतिसँग धेरै नै सम्बन्धित रहेको बताए ।

विश्लेषकहरूले कुर्दहरूसँगको सम्झौताले एर्दोगानलाई संविधान संशोधन गर्न र कार्यालयमा आफ्नो कार्यकाल विस्तार गर्न अनुमति दिन सक्ने आकलन गरेका छन् । साथै कुर्दिश समर्थक दलहरू र टर्कीका बाँकी विपक्षीहरूबीच फाटो पार्न सक्ने विश्लेषकहरू बताउँछन्

अंकारा, वासिङ्टन र ब्रसेल्सले ‘आतंकवादी समूह’ घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ । यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसंख्याको लगभग २० प्रतिशत ओगट्छन् ।रासस/ एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit