Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु
Smoke billows from a site in the city of Haifa on June 16, 2025, following a fresh barrage of Iranian missiles. Israel's military warned on June 16 of a new missile salvo incoming from Iran, as AFP journalists reported loud explosions in Jerusalem and fires outside the coastal city of Haifa. "A short while ago, the IDF identified missiles launched from Iran toward the territory of the State of Israel," the army posted on Telegram, using the acronym for its official name. (Photo by Ahmad GHARABLI / AFP)
विज्ञापन
Advertisement

एजेन्सी । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, ‘इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’

प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।’

यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताउनुभएको थियो ।
‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,’ उनले एक विज्ञप्ति जारी गरी बताए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गरेका थिए ।

त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit