Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोलभेँडा ९०, स्याउ ३४०, किबी ४६०: कालीमाटी बजारको आजको थोक मूल्य यस्तो छ

गोलभेँडा ९०, स्याउ ३४०, किबी ४६०: कालीमाटी बजारको आजको थोक मूल्य यस्तो छ
विज्ञापन
Advertisement

काठमाडाैं । सार्वजनिक गरेको छ। कृषक, व्यापारी उपभोक्तालाई सहजीकरण गर्ने उद्देश्यले दैनिक रुपमा मूल्य सूची प्रकाशन गर्दै आएको समितिले आज पनि बिस्तृत विवरण सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार आज गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) ८५ रुपैयाँ ठूलो (भारतीय) ७० रुपैयाँमा निर्धारण गरिएको छ। प्याज (भारतीय) ३८ रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ६० रुपैयाँ बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँमा तोकिएको छ।

भण्टा डल्लो ५०, काउली (स्थानीय) ६०, मूला सेतो (लोकल) २०, बोडी ७०, मटरकोसा १००, तितो करेला ३५, लौका २०, झिगुनी ८०, फर्सी हरियो (लाम्चो) ६० भिण्डी ३५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्।

अन्य सागसब्जीमा पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ३५, पुदिना ३००, पार्सले ३५०, ब्रोकाउली १००, चुकुन्दर ७०, च्याउ (डल्ले) ३५०, निगुरो ३० गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १६०, अनार ३५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) ३५०, सुन्तला (भारतीय) १४०, नासपाती (चाइनिज) २६०, मेवा (भारतीय) १२०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४६०, आभोकाडो प्रतिकिलो ५८० रुपैयाँमा तोकिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा १२०, लसुन (नेपाली तथा चाइनिज) ३००, खुर्सानी सुकेको ४२०, अकबरे खुर्सानी ४००, हरियो धनिया ९० रुपैयाँ प्रतिकिलो रहेको छ। ताजा माछामा रहु ३२०, बचुवा २६०, छडी २४०, राजा च्याउ ३०० सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

कृषक तथा व्यवसायीले मूल्य निर्धारणको जानकारी राखी कारोबार गर्दा सहजीकरण हुने समितिको भनाइ छ। मूल्य दैनिक रुपमा आपूर्ति, उत्पादन मागका आधारमा हेरफेर हुने गर्दछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit