Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जुम्लाको मार्सीदेखि कर्णालीमा उत्पादन भएका जैविक कृषि उपजको व्यापार काठमाडौंमा

जुम्लाको मार्सीदेखि कर्णालीमा उत्पादन भएका जैविक कृषि उपजको व्यापार काठमाडौंमा
विज्ञापन
Advertisement

काठमाडौं । कर्णालीसहित देशका विभिन्न भूभागका उत्पादन गरिएका जैविक कृषि उपजको प्रयोग र प्रर्वद्धन गर्न ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा ल्याइएको हो ।

सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ ।

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । “एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए ।

“कर्णालीका उत्पादन मात्र नभएर देशका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रर्वद्धन गर्नु बजारको उद्देश्य हो,” दीर्घकालीन रूपमा देशको कृषि र ग्रामीण विकासमा योगदान पु¥याउने लक्ष्य रहेको दाहालको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit