Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म रातभर सहरमा १० वटा हवाई आक्रमण गन्ती गरेको बताएका छन् । अस्पतालको शवगृहमा धेरै शव लगिएको देखे पुस्टि एसोसिएटेड प्रेसका क्यामेराम्यानले गरेका छन् । उनका अनुसार केही शव टुक्रा टुक्रामा आइपुगेको र केही शव बोरामा धेरै व्यक्तिको अवशेषहरू देखिएको थिए । अस्पतालको शवगृहले ५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

उत्तरी र दक्षिणी गाजामा बुधबार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन् । राष्ट्रपति ट्रम्प चारदिने खाडी देशहरूको भ्रमणमा कतारमा छन् । तर, उनी इजरायल भने नजाने भएका छन् । ट्रम्पको क्षेत्रीय भ्रमणले युद्धविराम सम्झौता वा गाजामा मानवीय सहायता पुनर्नवीकरण गर्न सक्ने व्यापक आशा थियो । त्यस क्षेत्रमाथिको इजरायली नाकाबन्दी अब तेस्रो महिनामा छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit