Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो
विज्ञापन
Advertisement

एजेन्सी । विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यसम्ममा लगभग २१ अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) का अनुसार गत महिनाको अन्तिम कार्यदिवस फेब्रुअरी २७ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २० अर्ब ९० करोड डलर रहेको बङ्गलादेश बैङ्कको तथ्याङ्कले देखाएको छ । जनवरीको अन्त्यसम्ममा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ९६ करोड अमेरिकी डलर रहेको थियो । यद्यपि, कूल सञ्चिति फेब्रुअरीको अन्त्यमा २६।१४ अर्ब डलर रहेको थियो ।

गत महिना विदेशी मुद्रा सञ्चिति बढाउन रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरुले बताएका छन् । बङ्गलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत मध्ये एक रेमिट्यान्स फेब्रुअरीमा वार्षिक रूपमा २५ प्रतिशतले बढेर २।५३ अर्ब डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

फेब्रुअरीको रेमिट्यान्स सन् १९७१ यता देशको इतिहासमा चौथो ठूलो मासिक प्रवाह भएको बताइएको छ । गत वर्षको डिसेम्बरमा बङ्गलादेशले अहिलेसम्मकै उच्च मासिक रेमिटेन्स आप्रवाह २.६४ अर्ब डलर रेकर्ड गरेको बङ्गलादेश बैङ्कले जारी गरेको तथ्याङ्कले देखाएको छ । सङ्कुचित विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन केन्द्रीय बैङ्कले हालैका वर्षहरूमा विदेशमा बसोबास गर्ने र काम गर्ने लाखौं बङ्गलादेशीहरूलाई थप रेमिटेन्स आकर्षित गर्न प्रोत्साहन सहितका उपायहरू अघि बढाएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit