Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

संसद्मा सांसद विकास कोषको चर्चा

संसद्मा सांसद विकास कोषको चर्चा
विज्ञापन
Advertisement

काठमाडौं । सांसदहरुले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन सांसदले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सांसद कोषका नाममा ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सांसदलाई क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गरे ।

चालु आवमा रु १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उनले सुझाव दिए । बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उनले बताए ।

सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गरे । कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उनको थियो ।

सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिए । संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्दै उनले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गरे। वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गरे । पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्नेगरी व्यवस्था गरिनुपर्ने पनि उनको भनाई थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit