काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुर्नसंरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसंरचना सुझाव समिति गठन गरेको छ ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य छन् । गठित उच्चस्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा गरेको बताए ।
समितिलाई ९० दिनको कार्यअवधी तोकिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
विगतमा भएका अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्सरचना गर्नुपर्ने सुझाएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्को हालै बसेको बैठकले स्वीकृती दिएको थियो ।
उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्र्तगतका ऐन, नियम ,नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरुको समीक्षा गर्ने, अन्य देशहरुमा यस सम्बन्धी भए गरेका असल अभ्यासहरुको अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्न, वैज्ञानिकहरुको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्