Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक ८० प्रतिशत कालोपत्र

‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक ८० प्रतिशत कालोपत्र
विज्ञापन
Advertisement

बागलुङ । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ । ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन् ।

ग्रामीण क्षेत्रलाई बजारसँग जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।

निर्माण कम्पनीले पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि दुई करोड १३ लाख १४ हजार ७२६ रुपैयाँमा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ । सडक कालोपत्रका लागि एम/एस जेभीले जिम्मा पाएको छ ।

विसं २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताए । अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उनले जानकारी दिए । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर पुन बताउँछन् । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उनको भनाइ छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताए । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उनको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम अघि बढेको भण्डारीले बताए ।

प्रवक्ता भण्डारीले भने, “यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन् ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit