Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

जोखिमभार घट्दा शेयर लगानीकर्ता उत्साहित,कस्तो रहला आजको शेयर बजार ?

जोखिमभार घट्दा शेयर लगानीकर्ता उत्साहित,कस्तो रहला आजको शेयर बजार ?
विज्ञापन
Advertisement

काठमाडौं । करिब ४ वर्षदेखि शेयर लगानीकर्ताहरुले उठाउँदै आएको मागलाई नेपाल राष्ट्र बैंंकको तेस्रो समीक्षा मार्फत सम्बोधन भएको छ । नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेपछि जारी भएको चालु आर्थिक वर्षको अन्तिम तेस्रो मौद्रिक नीति समीक्षाले सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशतले घटाएको हो । निबर्तमान गभर्नर महाप्रसाद अधिकारीले कायम गरेको १२५ शेयर जोखिम भारलाई घटाएर अब १०० प्रतिशतमा कायम गरेसँगै लगानीकर्ताहरु उत्साहित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

जोखिम भार घटाएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । शेयर लगानीकर्ता संघका कार्यवकाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले नयाँ गभर्नर पौडेलले लगानीकर्ताको मागलाई सम्बेधन गरेर उत्साहित बनाएको हो । जोखिम भार घट्दा बैंकहरूलाई सेयर धितो कर्जा दिन सजिलो बनाउँछ । साथै बजारमा तरलता बढाउन सक्छ र लगानीकर्ताको मनोबल बढ्न सक्ने बताइएको छ । तत्कालीन महाप्रसाद अधिकारीले जोखिम भार बढाएसँगै उनको चर्को आलोचना भएको थियो । उनी शेयर लगानीकर्ताहरुको नजर कहिले सकारात्मक नभएको टिप्पणी गर्दै आएको थिए ।

तर डा. पौडेलले शेयर बजारमैत्री नीति अख्तियार गरेर लगानीकर्ताको मन जित्नेप्रयास गरेका हुन् । बजार करिब एकवर्षदेखि २६ कै विन्दु वरपर घुमिरहेको छ । दुई तिहाईको गत असार १५ गतेबाट शेयर बजार बढेर २९ सय विन्दुसम्म पुगेर फर्किएको थियो । त्यसयता बजारमा उत्तार चढाब आइरहेको छ ।

उत्साहित लगानीकर्ता
शेयर लगानीकर्ताहरुले उठाएको तीनवटा मागमध्ये पहिलो माग सम्बोधन गरेको लगानीकर्ता छोटेलाल रौंनियारले बताए । उनले भने,‘ हामीले चारवर्षदेखि उठाएको माग सम्बोधन भएको र अझै फाइनान्सको शेयर बोनसमा लगाउँदै आएको बोनस सीमा कर पनि हटाइनुपर्छ ।’

त्यस्तै अर्को लगानीकर्ता तुलसी राम ढकाललेले शेयर लगानीकर्तारुलाई नयाँ गभर्नरले सप्राई दिएको बताए । उनले भने,‘ उहाँले हामीलाई सरप्राइज दिनु भयो, यो हाम्रो लागि खुशिको कुरा हो।’ आजको बजारलाई लिएर लगानीकर्ता उत्साहित छन्। सोमबार नेप्से सूचक ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा बन्द भएको थियो भने ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । बजार तिब्र उत्तार चढाब आइरहेको आगामी अािर्थक वर्षको बजेट समेत नजिकिदै गर्दा लगानीकर्ता उत्साहित भएको छन्। बजार बढाउन केही केहीको भूमिका खोजिरहेको यो समयमा लगानीकर्ताका लागि यो एउटा अवसर सिर्जना भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit