काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामको तयारी थालेको छ ।
वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना हुने भन्दै मन्त्रालययले पूर्व तयारी थालेको हो । समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल गरेका छन् । उनको अध्यक्षतामा बसेको बैठकले प्रतिकार्य तथा रोकथामका लागि विभिन्न ४ निर्णय गरेको छ ।
स्वास्थ्य अधिकारीहरू सहभागी बैठकमा मन्त्री पौडेलले समक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीकमा लाग्नु पर्ने बताए । अब महामारी रोकथाम तथा नियन्त्रणका लागि सम्भावित स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गरिनेछ । शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषण राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।
मन्त्रीको निजी सचिवालयका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउनेछ । यस्तै, महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने छ ।
यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी थालिने छ ।
‘सङ्क्रामक रोग ऐन, २०२०’ लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस निर्णय बैठकले गरेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्