Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

पुँजीगत लाभकर बढ्ने हल्लाले शेयर बजारमा तीब्र उतारचढाब

पुँजीगत लाभकर बढ्ने हल्लाले  शेयर बजारमा तीब्र उतारचढाब
विज्ञापन
Advertisement

काठमाडाैं । यतिबेला सरकार बजेटको अन्तिम तयारी जुटिरहेको बेला नेप्से सूचकमा त्यसको प्रभाव देखापर्न थालेको छ ।केही दिन यता लगानीकर्ताहरुको विभिन्न फेसबुक पेज ग्रुपमा आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत लाभकर बढ्दै छ भन्ने विभिन्न हल्ला र चर्चा हुन थालेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।  सरकारले पर्सी बिहीबार आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।
हाल अल्पकालीन लगानीकर्ताका ५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताका लागि ७प्रतिशत लाभकर लाग्दै आएको छ । त्यसलाई बढाएर १० प्रतिशत पु¥याउन लागेको भन्दै विभिन्न लगानीकर्ताहरुको संगठन फोरममा यस विषयमा चर्को आवाज उठेको छ । जसको कारणलगानीकर्ताहरु बजारप्रति बजेटको अबस्थालाई हेरेर मात्र लगानी बढाउने तयारीमा जुटेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भारलाई घटाएर १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको अबस्थामा पनि लगानीकर्ताहरु बजारप्रति निराश देखिएका छन् । यद्यपी पुँजीगत लाभकर नै बढ्न लागेको भन्दै लगानीकर्ता आगामी बिहीबारसम्म भन कुर्न पर्ने हुन सक्छ । यो दिन नेप्से परिसूचक ०।८५ अंकले बढेर २ हजार ६७५।६२ विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा तिब्र उत्तारचढाब आइरहेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका १४ करोड २९ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ओम श्री फार्मास्यिूटिकल्स,ग्रीन डेभलपमेन्ट बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यो दिन युनिर्भसल पावर कम्पनी,राधि विद्युत कम्पनी,न्यादी ग्रुप पावर कम्पनी,सानिमामई हाइड्रो,बुटवल पावर कम्पनीको शेयर मूल्य २५ करोड ८७ लाख रुपैयाँदेखि ६३ करोड ५८ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit