Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुन तरकारीकाे मूल्य कति?

कुन तरकारीकाे मूल्य कति?
विज्ञापन
Advertisement

काठमाडाैं।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, बन्दा, काउली, मटर, भिन्डी, लौका, फर्सीलगायतका तरकारी तथा स्याउ, केरा, आँप, लिची, अङ्गुर, तरबुजजस्ता फलफूलको मूल्य निर्धारण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँमा छ भने भारतीय गोलभेँडा ६० रुपैयाँमा तोकिएको छ। सानो लोकल गोलभेँडा ६५ रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेँडा ७५ रुपैयाँ र सानो भारतीय गोलभेँडा ७० रुपैयाँमा निर्धारण गरिएको छ। आलु रातो ३७ रुपैयाँमा र मुडे आलु ४० रुपैयाँमा उपलब्ध छन्। भारतीय प्याजको मूल्य प्रतिकिलो ३८ रुपैयाँ तोकिएको छ।

लोकल गाजर ३५, बन्दा १५, काउली २५, रातो मूला ४०, सेतो मूला २० रुपैयाँमा उपलब्ध छन्। भन्टाको मूल्य ३० देखि ३५ रुपैयाँ र बोडीको मूल्य ६० देखि ७० रुपैयाँसम्म पुगेको छ। मटरकोसा १४० रुपैयाँ, घिउ सिमी ३५ देखि ४५ रुपैयाँ, राजमा १०० रुपैयाँ र तीतो करेला ५० रुपैयाँमा बिक्री भइरहेका छन्। लौका, चिचिण्डो, घिरौला, झिगुनी, फर्सी र भिण्डी पनि तोकिएको मूल्यमा उपलब्ध छन्।

पालुङ्गो, रायो, तोरी, मेथी र चमसुरको सागदेखि लिएर च्याउ, कुरिलो, निगुरो, ब्रोकाउली, चुकुन्दर, जिरीको साग, ग्याठकोभी, पार्सले, पुदिना, तामा र गुन्द्रुकको समेत थोक मूल्य तोकिएको छ। कुरिलो र पार्सलेको मूल्य सबैभन्दा उच्च छ, जसको प्रतिकिलो मूल्य क्रमशः ४०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, फुजी स्याउ ३००, दशहरी आँप २००, चोसा आँप १५०, लिची र अनार २०० देखि ३५० रुपैयाँसम्ममा छन्। हरियो र कालो अङ्गुर क्रमशः २५० र ३५० रुपैयाँमा उपलब्ध छन्। तरबुज ४० रुपैयाँ, जुनार २५०, भुइँकटहर २०० र नास्पाती (चाइनिज) २५० रुपैयाँमा बिक्री भइरहेको छ।

अदुवा, लसुन, खुर्सानी, छ्यापी, धनियाँ, ताजा माछाजस्ता सामग्रीको मूल्य पनि समितिले सार्वजनिक गरेको छ। लसुनमा चाइनिज र नेपाली मुल्यक्रमशः २८० र १९० रुपैयाँमा छन् भने अदुवा १२० रुपैयाँमा छ। ताजा माछा (रहु, बचुवा) ३२० र छडी माछा २४० रुपैयाँमा तोकिएको छ।

कालीमाटी बजार विकास समितिले उपभोक्ता र व्यापारीलाई सहज जानकारीका लागि नियमित रूपमा मूल्य प्रकाशन गर्दै आएको छ। समितिले तोकेको मूल्यअनुसार कारोबार गर्न आग्रह गरिएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit