Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत
विज्ञापन
Advertisement

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको सङ्केत गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको सङ्केत गर्नुभएको हो ।

जेनेभामा उच्च अधिकारीबीच भएको वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एकअर्कामाथि लगाएको उच्च करलाई अस्थायी रुपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।

शुक्रबार ट्रम्पले लेख्नुभएको छ, “चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रुपमा उल्लङ्घन गरेको छ।”

पोस्टको बारेमा सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग भने, ‘बेइजिङले ‘महत्वपूर्ण खनिजहरू जस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको’ छ । उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठूलो परिवर्तन नदेखेको बताउनुभयो ।

बिहीबार बेसेन्टले ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी चिनफिङ यस परिस्थितिबारे कुराकानी गर्नसक्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit