Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

वर्षौदेखिको अटोमोवाइल व्यसायीको मागलाई बजेटमा समेटेको भन्दै सरकारलाई नाडाले दियो धन्यवाद

वर्षौदेखिको अटोमोवाइल व्यसायीको मागलाई बजेटमा समेटेको भन्दै सरकारलाई नाडाले दियो धन्यवाद
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएको बजेट उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित गर्ने व्यवसाय मैत्री भएको धारणा सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नाडाले शुक्रबार नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउने गरी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले लयाएको बजेट अटोमोवाइल मैत्री भएको बताएको हो ।
नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीले आज एक विज्ञप्ति जारी गरी नाडाले दिएको नीतिगत सुझावलाई समेटेर आएको बजेटमा नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको बताएका छन् । उनले व्यवसाय मैत्री बजेट आएकोले राष्ट्र बैंकको मौद्रिक नीतिले समेत बजेटलाई सहयोग गर्ने अपेक्षा राखेको बताए ।

महासचिव उप्रेतीले विज्ञप्तिमा भनेका छन्, ‘यो बजेट व्यवसाय मैत्री रहेको छ । यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने गहिरो आशा राख्दै आउँदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।’

बजेट मार्फत आफ्ना मागलाई सम्बोधन गरेकोमा नाडाले सरकारलाई धन्यवाद दिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit