Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्से र स्टक ब्रोकर एसोसिएसनद्वारा पुँजी बजार सुदृढीकरण विषयक प्रशिक्षण सम्पन्न

नेप्से र स्टक ब्रोकर एसोसिएसनद्वारा पुँजी बजार सुदृढीकरण विषयक प्रशिक्षण सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रवार सम्पन्न उक्त कार्यक्रममा नेप्सेमा आवद्ध ९२ वटा कारोबार सदस्य (ब्रोकर तथा डिलर) का प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि सम्बन्धी कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गरेका थिए। उनले उद्घाटन मन्तव्यमा देशको समग्र अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यको ध्यान केन्द्रित भएको बताए ।

‘धितोपत्र बजारमा नियामकीय व्यवस्थाहरू सुदृढ पारिँदै आएका छन्। यस्तो प्रशिक्षणले बजार सहभागीहरूको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने भएकाले यसलाई निरन्तरता दिनुपर्छ,’ उनले ।

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन अत्यन्तै महत्वपूर्ण विषय भएको उल्लेख गरे। ‘कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले लगानीकर्तालाई सुरक्षित, सहज र विश्वसनीय सेवा प्रदान गर्न मद्दत पुर्‍याउनेछ,’उनले भने ।

सह–आयोजक स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले हाल पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेमा देखिएको सकारात्मक सुधारको चर्चा गर्दै सम्बद्ध सबै निकाय एउटै धारणा र साझा दृष्टिकोणसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले ‘धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गरे ।त्यसैगरी, सीडीएस एण्ड क्लियरिङ लिमिटेडका उपप्रवन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्यौट प्रणालीबारे कार्यपत्र प्रस्तुत गरे।

नेप्सेबाट विभिन्न प्रविधि र कानुनी पक्षमा कार्यपत्र प्रस्तुत गरिएको थियो। सहायक आइटी प्रबन्धक निशा तिमिल्सिनाले नट्स प्रणाली, निरन्जन सिंह नायकले टिएमएस सञ्चालन, गिरिराज दाहालले दोश्रो बजार सम्बन्धी कानुनी व्यवस्था र कामु नायव प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोस्रो बजार कारोबार सम्बन्धमा प्रस्तुति दिए।

कार्यक्रममा नेप्सेका प्रबन्धक लिलाधर सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वरिष्ठ अधिकृत सन्तोष आचार्यले गरेका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit