Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

यातायात सिन्डिकेटलाई वैधानिकता दिन प्रदेश सरकारले ल्याएको नियमावली अघि नबढाउन संघको निर्देशन

यातायात सिन्डिकेटलाई वैधानिकता दिन प्रदेश सरकारले ल्याएको नियमावली अघि नबढाउन संघको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । ‘राइड सेयरिङ’ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई मंगलबार पत्र पठाएको छ । पत्रमार्फत गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगन गर्न संघले निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रमा सार्वजनिक यातायात बन्दले आम नागरिकमा असर गरेको उल्लेख गर्दै मन्त्रीस्तरको निणर्य कार्यान्वयन गर्न भनिएको छ ।

‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ’ प्रदेश सरकारलाई लेखिएको पत्रमा उल्लेख छ ।

यातायात सिन्डिकेटलाई वैधानिकता दिन प्रदेश सरकारको अधिकारभित्र रहेर ल्याएको नियमावली स्थगत गर्न निर्देशन दिँदै संघले पत्र पठाएपछि गण्डकी सरकार सो बारेमा धारणा बनाउन छलफलमा जुटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit