Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

‘हिमालको महत्व संसारलाई बुझाउन पर्यटन बोर्डले चासो दिनुपर्छ ’

‘हिमालको महत्व संसारलाई बुझाउन पर्यटन बोर्डले चासो दिनुपर्छ ’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणामुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकनपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै अर्यालले विश्वभरका पर्यटकका लागि हिमालहरु अमूल्य निधि भएको बताए ।

कार्यवाहक अध्यक्ष अर्यालले भने, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ ।
आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”

फोटोमार्फत देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रबद्र्धन अभियानलाई सार्थक बनाएकोमा अर्यालको भनाइ छ। उनले भने, “हाम्रा हिमाल, पहाड र तराईका आआफ्नै खाले विशेषता र महत्व छन् । देशको आयआर्जनमा सम्भावना रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने दायित्व हामी सबैको हो । पर्वतीय पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उद्देश्यले गरिएको तस्बिर प्रदशनीका राससलाई धन्यवाद छ ।”

सोही पार्टीका सांसद हरि ढकालले प्रकृतिको उपहारमध्ये विशाल हिमाल पर्वतशृङ्खला भएकाले नेपाललाई ज्ञान भूमि र तपोभूमि भनिएको प्रतिक्रिया दिए । ढकालले भने, “हामीलाई प्राप्त प्रकृतिको उपहारमध्ये उच्च पर्वतीय विरासत एकदमै रोचक छ, यसले संसारभरका सहासिक पर्यटकको आशा र भविष्यको विरासत बोकेको छ, यसलाई जोगाउँदै लाभान्वित हुनु सक्नुपर्दछ ।”

विश्व तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै सांसद ढकालले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर अवलोकनबाट आनन्दित मात्र नभई ‘क्लिक’ गराउने काम समेत भएको प्रतिक्रिया दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit