Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल बन्ने

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल बन्ने
विज्ञापन
Advertisement

काठमाडौं। समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक सीप समेट्ने उद्देश्यका साथ एसभीएएन स्कुलको शिलान्यास गरिएको छ। नगरप्रमुख घनश्याम गिरीले विद्यालयको शिलान्यास गरे ।

विज्ञापन
Advertisement
Advertisement

चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज औपचारिक शिलान्यास गरिएको हो । कार्यक्रममा एसभीएएन स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाबारे प्रस्ट पारे । यस शैक्षिक परियोजना नेपाली शिक्षा क्षेत्रमा परिवर्तनको संकेत भएको उनको बुभलाइ छ ।
“शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिनेछ,” शाहीले भने ।

उनका अनुसार, विद्यालयको मुख्य भवन विद्यालयकै आफ्नै १० रोपनी जग्गामा निर्माण हुनेछ, जसको संरचना करिब ७४ हजार वर्गफिटमा फैलिनेछ भने विद्यालय करिब ३०० रोपनी क्षेत्रफलमा विस्तार हुनेछ । जसमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र अत्याधुनिक डिजिटल कक्षा कोठाहरू समावेश हुनेछन्।

यस्तै, विद्यालयको प्रारम्भिक योजना अन्तर्गत एक वर्षभित्रै कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गरिनेछ। आगामी चरणमा कक्षा ११ र १२ मा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमहरू (ए–लेभल, इन्टरनेसनल ब्याकलरिएट (आईबी) र फिनिस पाठ्यक्रम ) समावेश गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको शाहीले जानकारी दिए।“विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमा आधारित शिक्षाबाट सक्षम बनाउने हाम्रो लक्ष्य हो,” शाहीले बताए। विद्यालयको निर्माणमा करिब ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ।

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले एसभीएएन स्कुलले भविष्यमा नेपाली शिक्षा प्रणालीमा नवीनतम उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए।निर्देशक शाहीले एसभीएएन स्कुललाई केवल स्थानीय शैक्षिक संस्थान नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्य रहेको स्पष्ट पारे। “अभिभावकहरूले जुन स्तरको लगानी गर्नुहुन्छ, त्यसको प्रतिफलस्वरूप गुणस्तरीय, सन्तुलित र व्यवहारिक शिक्षा प्रदान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हुनेछ,” उनले भने।

उक्त अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा,समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit