Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
विज्ञापन
Advertisement

काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।

विज्ञापन
Advertisement
Advertisement

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।

विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले राससलाई जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ । संविधानसभाबाट जारी भएको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ । यसका लागि खाद्य स्वच्छता र गुणस्तरीयताको नियमनलाई समयानुकुल सुदृढ एवम् प्रभावकारी बनाउन नेपालको संविधानबमोजिम सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरी मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको प्रभावकारी नियमनको कानुनी व्यवस्था गरेको छ ।

खाद्य स्वच्छता र गुणस्तरको लागि ऐनका प्रावधान परिपालनामा विभिन्न सरोकारवालाको महत्वपूर्ण भूमिका हुने र आ–आफ्नो क्षेत्रबाट उपयुक्त रूपमा सम्बोधन गर्न सम्बन्धित सरकारी एवम् गैरसरकारी सङ्घसंस्था अन्तरराष्ट्रिय विकास साझेदारी सङ्घसंस्था, खाद्य उद्योग, खाद्य तथा पोषणसँग सम्बन्धित सङ्घसंस्था, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरी दिवस मनाउन लागिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit