Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

जेनजी अगुवा मिराजसहित केही प्रहरी नियन्त्रणमा

जेनजी अगुवा मिराजसहित केही प्रहरी नियन्त्रणमा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारविरुद्ध काठमाडौंस्थित माइतीघरमा प्रदर्शनमा उत्रिएका केही ‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार प्रदर्शनमा उत्रिएका जेनजी अगुवासमेतलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। जसमा मिराज ढुंगाना, रविकिरण हमाललगायत रहेका छन् । उनीहरूलाई प्रहरीले गाडीमा राखेको छ । जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेको थियो । तर, प्रशासनले अनुमति दिएको छैन्। प्रशासनले अनुमति नदिए पनि अघि बढ्न खोजेका ढुंगानासहितका जेनजी अभियान्तालाई प्रहरीले रोकेको हो ।

मिराज, निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले केहीबेर अघि पनि नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले नाराबाजी गरेपछि उनीहरूलाई तत्कालै छाडेको थियो । अहिले पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

 

तस्बिर : नेपाल न्यूज बैंक

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit