काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा।लि। (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरण, नेतृत्व विकास तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
सिबिफिन कार्यालय, सुन्धारामा आयोजित कार्यक्रममा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतामा हस्ताक्षर गरे ।
सिबिफिनका महानिर्देशक कोइरालाले काठमाडौं फिनटेकसँगको सहकार्य बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै सुदृढ, सुरक्षित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । काठमाडौं फिनटेकका संस्थापक सुब्बाले बैंकिङ नेतृत्वलाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेकसम्बन्धी ज्ञान प्रदान गर्ने अवसर पाउनु ठूलो उपलब्धि भएको उल्लेख गरे ।
सम्झौताअनुसार, बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यहरूका लागि प्रविधि, नीति, सुशासन, अनुपालना, साइबर सुरक्षा, रणनीतिक वित्तीय व्यवस्थापनलगायतका विषयमा तालिम तथा सम्मेलन आयोजना गरिनेछ। काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले रणनीतिक मार्गदर्शन र सञ्जाल विस्तारमा सहयोग गर्नेछ। साझेदार संस्थाहरूले यो सहकार्यले नेपाललाई डिजिटल बैंकिङमैत्री, सशक्त र सुशासनकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्